कृष्ण सिटौला झापा क्षेत्र नं ३ बाट चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

झापा, ६ कात्तिक । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मंसिर २१ गते हुने दोस्रो चरणको संसदीय निर्वाचनमा आफू झापा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने स्पष्ट पारेका छन् ।

बाह्रदशी गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले झापा क्षेत्र नं ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने बताएका हुन् ।

“हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ” सिटौलाले भने ।

समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको भएपनि पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);