राप्रपा र कांग्रेसको तानातानमा झापा ३, गठबन्धन धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १३ कार्तिक । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अन्तत: प्रत्यक्ष तर्फबाटै चुनाव लड्ने भएका छन् ।

यो सँगै लोकतान्त्रिक गठबन्धनमा भाँडभैलो उत्पन्न हुने संकेत देखिएको छ । लोकतान्त्रिक गठबन्धनमै रहेको राप्रपाको भागमा परेको झापा ३ मा नेपाली कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेको हो । सो क्षेत्रमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दाबी गर्दै भोट माग्न सुरु गरेका थिए ।

झापा ३ सहित प्रतिनिधिसभामा ७ सिट पाउनेगरि कांग्रेस–राप्रपाबीच भएको सहमतिमा कांग्रेसबाट धोका भएको भन्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले गठबन्धन टुट्ने बताएका छन् । एउटै गठबन्धनको एउटै निर्वाचन क्षेत्रमा दुईजना उम्मेदवार भएपछि देशैभर चुनावी तालमेल धरापमा परेको उनले बताएका छन् ।

यस अघि कांग्रेसले सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);