राप्रपाका लिङ्देनलाई वाम गठवन्धनको साथ, राजनीतिकै कठिन बिन्दुमा सिटौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १५ कार्तिक । बाम गठबन्धनले झापाको क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने भएका छन्। वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले बुधबार अपरान्ह झापामा पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई सघाउने घोषणा गरेका हुन्।

झापा ३ मा राप्रपाबाट लिङ्देन र नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार छन्। ‘हामीले राप्रपालाई ३ नम्बरमा सघाउने र राप्रपाले आफुँहरुलाई मेची अञ्चलभर सघाउने सहमति भएको नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताएका छन्। शुरुमा झापा ३ मा कांग्रेस र राप्रपाबीच तालमेल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई समानुपातिकको सूचीमा राखेको थियो भने राप्रपाले लिङ्देनलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो।

सिटौलाले प्रत्यक्षमै चुनाव लड्ने भनेपछि कांग्रेसले राप्रपासँग सहमति तोड्दै उनैलाई उम्मेदवारको रुपमा अघि सारेको छ। यसै कारण देशभर प्रजातान्त्रिक गठबन्धनमा रहेका कांग्रेस र राप्रपाबीचको चुनावी तालमेल केही धमिलिएको छ । झापा ३ मा क्षेत्रमा स्थानीय तह निर्वाचमा एमालेले २० हजार दुई सय ९६, कांग्रेसले १८ हजार दुई सय ६०, राप्रपाले १२ हजार आठ सय ८१ र माओवादीले १० हजार चार सय ४४ मत पाएका छन्।

भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचन र अहिले क्षेत्रमा बनेको चुनावी गठबन्धनलाई आधार मान्ने हो भने सिटटौलाका लागि यो निर्वाचन राजनीतिकै कठिन देखिएको छ।

राजेन्द्र लिङ्देनको पक्षमा

एमाले – २०,२९६
राप्रपा – १२,८८१
माओवादी – १०,४४४

कृष्ण प्रसाद सिटौलाको पक्षमा

कांग्रेसले – १८,२६०

राप्रपा प्रजातान्त्रिक र अन्य साना दलको साथ

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);