नेपाली कांग्रेसले टुंग्यायो ७ नम्बरका तीन जिल्लामा उमेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि विभिन्न जिल्लामा उमेदवारी टुंग्याएको छ । कांग्रेस संसदीय समितिले बुधबार बिहानसम्ममा दोस्रो चरण अन्तर्गत निर्वाचन हुन लागेका डडेल्धुरा, डोटी र अछाममा प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारहरुको नाम टुंगो लगाएको हो।

संसदीय समितिले डडेल्धुराबाट प्रतिनिधि सभामा पार्टी सभापति शेरबहादुर देउवा तथा प्रदेश सभातर्फ डडेल्धुरा – ‘क’ बाट रघुवर भट्ट र ‘ख’ बाट कर्णबहादुर मल्लको उमेदवारी तय गरेको छ। यस्तै, डोटीबाट प्रतिनिधि सभामा बीरबहादुर बलायर तथा डोटी ‘क’ बाट भरतबहादुर खड्का र ‘ख’ बाट योगेन्द्रबहादुर शाहीले प्रदेश सभामा उमेदवारी दिने भएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ भरतकुमार स्वाँर तथा अछाम ‘क’ बाट मेघराज खड्का र ‘ख’ बाट टेकबहादुर साउदलाई संसदीय समितिले टिकट दिएको संसदीय समिति स्रोतले जनाएको छ।

स्रोतका अनुसार अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रनितिधि सभामा पुष्पबहादुर शाह र प्रदेश सभामा ‘क’ बाट सुरतबहादुर बिष्ट तथा ‘ख’ बाट बलबहादुर कुँवरले टिकट पाएका छन् । कांग्रेस संसदीय समितिले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभाका उमेदवारको टुंगो लगाए पनि प्रदेश सभातर्फ निर्णय गर्न बाँकी रहेको कांग्रेस कञ्चनपुरका सभापति बोहराले जानकारी दिए । कांग्रेसले प्रतिनिधि सभातर्फ कञ्चनपुर–१ बाट दिवानसिँह विष्ट, २ बाट एनपी सावद र ३ बाट रमेश लेखकको उमेदवारी यसअघि नै तय गरिसकेको थियो।

यस्तै, कैलालीमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ डा. आरजु राणा देउवा बाहेक अरु कसैको पनि निर्णय गर्न सकेको छैन । आजै कांग्रेसले प्रदेश नम्बर ७ मा दोस्रो चरण अन्तर्गत हुन गइरहेको निर्वाचनका लागि उमेदवारको टुंगो लगाउने स्रोतले जनाएको छ। नौ जिल्ला रहेको प्रदेश नम्बर ७ का बैतडी, दार्चुला, बझाङ र बाजुरामा पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);