उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा दलहरु, वाममा मिल्यो भागबन्डा, छलफलमै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, १५ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि भोली उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ। दोस्रो चरणमा हुने निर्वाचनका लागि दलहरु अहिले उम्मेदवार टुँग्याउने कसरतमा लागिरहेका छन्। अहिले उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले गठबन्धनमा रहेका दलसँग सिट बाँडफाँडसँगै उम्मेदवारको टुंगो लगाउने नेपाली कांग्रेसको उच्च स्रोतले जनाएको छ। यस्तै मंगलबार बेलुका बसेको वाम गठबन्धनको बैठकले प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेलाई ९७ र माओवादी केन्द्रले ६१ क्षेत्र हुनेगरी बाँडफाँट टुंगो लगाएका छन्।

सूर्य चिह्नबाट लड्ने तीन स्वतन्त्र र राष्ट्रिय जनमोर्चा गरी सात सिटमा अन्य दलका उम्मेदवार रहनेछन्। पहिलो चरणको चुनावमा एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा उम्मेदवारी दिएका छन्। अब दोस्रो चरणमा एमालेका ७६ र माओवादी केन्द्रका ४५ उम्मेदवार प्रतिनिधिसभा तर्फ प्रतिस्पर्धामा रहनेछन्।

६० र ४० को भागबन्डा अनुसार दुई दलले उम्मेदवार बाँडफाँड मिलाएका हुन्। गठबन्धनसँग सिट बाँडफाँडको टुंगो लगाएका एमाले माओवादीले पनि पार्टीमा छलफल गरेर उम्मेदवारको टुंगो लगाउने भएका छन्। यस्तै वाम र लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका अरु साना दल पनि उम्मेदवारको अन्तिम टुंगो लगाउने कसरतमा जुटेका छन्। पहिलो चरणमा हुने ३२ जिल्लामा भने उम्मेदवारी दर्ता भइसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);