वाम गठबन्धनलाई झट्का: एकैपटक ५ सय ५० नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, १५ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रका ५५० जना नेता तथा कार्यकर्ता एकैपटक कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल तरुण दलको ६४औं स्थापना दिवसको उपलक्ष्यमा काभ्रे क्षेत्र न १ द्वारा आयोजित कार्यक्रममा अध्यक्ष जितजंग बस्नेतले काभ्रेका नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका ५५० जना नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेसमा भित्र्याएका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेहरुमा एमाले, माओवादीका जिल्ला र गाउँका प्रमुख नेतासहित कार्यकर्ताहरु रहेका छन् । नेता बस्नेतले क्षेत्र नम्बर १ का तिमालसहितका गाउँका युवाहरु काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

केही नेताहरुले भने काँग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमै पार्टी प्रवेश गर्ने जनाएका छन् ।

तरुण दल अध्यक्ष बस्नेतले काँभ्रेमा काँग्रेसको माहोल राम्रो रहेको समेत दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);