फोरम नेपालका उपमहासचिव साह नै कांग्रेसमा प्रवेश, देउवा र पौडेलले गरे स्वागत | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाडौं, १० कार्तिक । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप साह नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का सांसद समेत रहेका साह कांग्रेसमा प्रवेश गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साहलार्इ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले टिका लगाएर स्वागत गरेका हुन्। सभापति देउवाले आजै रामेछापका नेता तथा कार्यकर्ताहरुलाई पनि एक अलग कार्यक्रमबाट काँग्रेसमा प्रवेश गराएका थिए।

पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विजय कुमार गच्छदार लगायतका नेताहरुको उपस्थिति थियो।