निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र आजदेखि छाप्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाडौँ, १० कार्तिक। प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्वर्निधारित समय अनुसार आज देखि छापिने निर्वाचन आयोगले जनाएको छ।

सर्वोच्च अदालतले निर्वाचन आयोगले मत पत्र छपाई सम्बन्धी प्रगति विवरण नदेखाएसम्म मत पत्र छपाई स्थगित हुने भनिएतापनि औपचारिक पत्र नआएका कारण आजदेखि मतपत्र छपाईको कार्यक्रम सुरु गरेको आयोगले बताएको छ।
बिहीबार र श्ुक्रबार सार्वजनिक विदा परेकाले आयोगले सर्वोच्चको औपचारिक पत्र आइनसकेका कारण आज देखि नै मतपत्र छाप्न सुरु गरको हो ।

सर्वोच्चको आदेशपछि वामगठबन्धनका नेताहरुले मतपत्रको प्राविधिक विषयलाई लिएर मंसिर १० र २१ गते तोकिएको निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न चेतावनी दिएका थिए।

आयोगले यो भन्दा अघि समानुपातिकतर्फको मतपत्र छापिसकेको बताएको छ ।

ताजा समाचार