काठमाडाैं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो ।
बाँकी रहेका चार वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयो । निर्वाचन आयोगले सबै जिल्लाहरुमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिब्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै कामहरु सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाई गरेको छ ।





