गच्छदार र सुनिल थापा सेटल हुँदा फोरमबाट आएकाअभिषेकप्रताप शाह देउवा टिममा किन छुटे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गच्छदार र सुनिल थापा सेटल हुँदा फोरमबाट आएकाअभिषेकप्रताप शाह देउवा टिममा किन छुटे ?

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले जारी १४औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएनन् । मधेसीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरे पनि शाहले अन्तिममा आएर उम्मेदवारी दिएनन् । 

तत्कालीन संघीय समाजवादी फोरमका उपमहासचिव शाह कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसमा शेरबहादुर देउवा र आरजु देउवा निकट मानिन्छन् । शनिबार मनोनयन दर्ताको समयभित्र उम्मेदवारी नदिएका युवा नेता शाहले साँझ ‘नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा मेरो भूमिका शेरबहादुर देउवालाई सभापतिमा जिताउने हो’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । 

स्रोतकाअनुसार देउवासँगको सल्लाहमा शाहले उम्मेदवारी नदिएका हुन् । पार्टीमा उपयुक्त जिम्मेवारी दिने वचन देउवाले दिएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी नै कांग्रेसमा बिलय गराएका विजय गच्छदार भने देउवाको टिमबाट उपसभापतिको उम्मेदवार बनेका छन् । त्यसैगरी राप्रपाका महामन्त्री हुँदै कांग्रेस प्रवेश गरेका सुनिल थापा देउवा टिमको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । उनी कांग्रेसमा हाल मनोनित सहमहामन्त्री छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);