महेन्द्र यादवका कारण सर्लाहीको विकास हुन सकेन : पुर्व सांसद राय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महेन्द्र यादवका कारण सर्लाहीको विकास हुन सकेन : पुर्व सांसद राय

सर्लाही, १ फागुन जनता समाजवादीका नेता तथा प्रतिनिधीसभा सांसद महेन्द्र प्रसाद यादवको जातीवादी राजनीति तथा गलत मानसिकताका कारण सर्लाही जिल्लाको विकास हुन सकेन पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता जंगीलाला रायले आरोप लगाउनु भएको छ । मधेशको मसिहा भनेर आफुलाई भन्न रुचाउने जसपाका नेता महेन्द्र यादवनै सर्लाहीको बिकासका लागि ठुलो बाधक रहेको नेता यादवले आरोप लगाउदै भने ।

कमिसनखोरी, जातीवादी राजनीति, र भ्रष्टाचारमा मधेशवादी दलका नेताहरु तलदेखि माथी सम्म डुबिसकेकोले सर्लाहीको विकास हुन नसकेको सर्लाहीको पर्सा गाउपालिकामा आयोजित संसद बिघटन सम्बन्धी असंबैधानिक, अलोकतान्त्रिक एवं अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध बिशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता तथा पुर्व सांसद जंगीलाल रायले यो कुरा बताउनु भएको हो ।

कार्यक्रममा सर्लाहीका कांग्रेसबाट निर्वाचित प्रदेश नं. २ का सांसदद्धय विरेन्द्र सिंह र उपेन्द्र कुशवाहाले जनता समाजवादीले चलाई रहेको प्रदेश नं. २ सरकार मधेश सरकारको नाममा मधेशी जनतालाई लुटने काम गरिरहेको प्रदेश सांसदद्धयले आफनो मन्तव्यमा आरोप लगाउदै भने । प्रदेश नं. २ सरकार अहिले सम्मकै ठुलो भ्रष्ट सरकार रहेको प्रदेश सांसदद्धयले जिकिर गरे ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापती नागेन्द्र कुमार रायले भने अब हुने निर्वाचनमा नेपाली कांग्रेस दुईतिहाइ बहुमतबाट विजयी हुने दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका राष्ट्रिय उपसभापती बिमलेन्द्र निधी प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । जिल्ला उपसभापती रामबली रायले भने सर्लाही जिल्लालाई कांग्रेसमय बनाउन हामि सबैजनाले आपसी मनमुटावलाई त्यागी एक ढिक्का बनेर अगाडी बढनुको बिकल्प नरहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित मलंगवा नगरपालिकाका मेयर निरसल साह, उपमेयर शान्ति मिकरानी, हरिपुर्वा नगरपालिकाका मेयर, बसबरिया गाउपालिकाका अध्यक्ष लगायत बिशाल रुपमा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनता समाजवादी पार्टी तथा नेकपा पार्टी त्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका १ हजार भन्दा बढि स्थानीयवासी, नेता कार्यकताहरुलाई राष्ट्रिय उपसभापती बिमलेन्द्र निधीले आफै फुलमाला अबिर लगाएर स्वागत गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);