वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प छैन : निधी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प छैन : निधी

सर्लाही, २ फागुन । नेपाली कांग्रेसका उपसभापति  विमलेन्द्रनारायण निधिले राजा भन्दा ठूलो तानाशाह अरु कोहीपनि नहुने भएकोले नेपाली जनतालाई मनबाट डर निकल्नु पर्ने  बताएका छन् ।

राजा जस्तो तानाशाहलाई फाल्न सक्ने नेपाली जनता जोसुकै तानाशाह आएपनि नडराउन र यसकालागि नेपाली काँग्रेस जनताको साथमा रहेको बताउनुभयो नेपाली  कांग्रेस गाउँ समिति ,चन्द्रनगर क्षेत्र न-१`क´ले  आइतबार सर्लहीको चन्द्रनगर गाउँपालिका बबरगंजमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा काँग्रेस उप-सभापति तथाा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री  निधिले जनताको साथ  बिना जित नहुने बताउँदै नेपाली काँग्रेस चुनाव पुनर्स्थापनाको पक्षमा रहेको प्रष्ट पार्नु भयो ।

उहाँले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचन मार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।

पछिल्लो चुनावमा काँग्रेससँग मात्र नभइ नेपाली जनतासँग पनि त्रुटि भएको उनले बताए ।केन्द्र र प्रदेश सरकारलाई काँडाको संज्ञा दिंदै  काँडा रोपेका जनताले काँडा नै टिपेको उहाँले भन्नभयो । कार्यक्रममा सर्लाहीको निर्वाचन क्षेत्र न-१ का  नेकपा र जसपा का ७ सय भन्दा बढी स्थानीय नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्   ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);