सामाजिक संजाल व्यवस्थित गर्ने नाँउमा सरकार निरंकुशताको बाटोमा : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

सामाजिक संजाल व्यवस्थित गर्ने नाँउमा सरकार निरंकुशताको बाटोमा : कांग्रेस

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले सामाजिक संजाललाई व्यवस्थित गर्ने नाँउमा सरकरा निरंकुशताको बाटोमा लागेको आरोप लगाएको छ। सो पार्टिका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ।

‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छंदैछन् । थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ । कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुंदैन, मिल्दैन र पाईदैन ।’ उनले भनेका छन् ।

‘प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ । सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।’ शर्माले जारी गरेको विज्ञप्तिमाा उल्लेख छ।

Leave a Reply

ताजा समाचार