आफूलाई पदमुक्त गर्ने दाहालको कदम निरंकुशताको पराकाष्ठः मन्त्री साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आफूलाई पदमुक्त गर्ने दाहालको कदम निरंकुशताको पराकाष्ठः मन्त्री साह

काठमाडौं, २५ चैत । सहरी विकासमन्त्री प्रभु साहले आफूसहित चार जना सांसदलाई सांसद पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णयलाई लोकतन्त्रको उपहास एवं निरंकुशताको पराकाष्ठ भएको भन्दै आलोचना गरेका छन् ।

मन्त्री साहले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूसहित चार सांसदलाई सांसद पदबाट हटाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कदमलाई निरंकुशताको पराकाष्ठ भन्दै आलोचना गरेका हुन् ।

माओवादी केन्द्रले मंगलबार मन्त्री साह सहित, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट र श्रम रोजगार र सामाजिक विकास मन्त्री गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो ।

निर्वाचन जित्नका लागि एमालेसँग सहकार्य गर्ने, एकता कायम राख्नका लागि सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र हालसम्म पनि सरकारलाई समर्थन दिइराख्नेले निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु नैतिकताले नसुहाएको मन्त्री साहले आफ्नो पोष्टमा उल्लेख गरेका छन् ।

उनले आफ्नो पोष्टमा लेखेका छन् –“निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनस्र्थापनाको पक्षधर बताउनेहरु आज फेरि नांगै भएका छन् ।

अर्थात् रुपमा अहिलेकै संसद सुचारु हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक÷कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी मनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैमा प्रतिगामी कार्य हो । ”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);