माओवादीले सरकार नछाड्नुको रहस्य यस्तो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

 

काठमाडौं, १० कार्तिक । मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतबाट निर्वाचनप्रति संशय देखिएका कारण आफ्नो दलले सरकार नछाडेको दाबी गरे । ‘सरकार छाड्ने भन्ने पत्रमा म हस्ताक्षर गर्न खोज्दै थिएँ । निर्वाचन आयोगबाट खबर आयो अदालतबाट निर्वाचनप्रति संशय हुँदै छ भन्ने । त्यही भएर हामीले सरकार नछाडेको हो’, प्रचण्डले भने ।

बिनाविभागीय पछि माओवादी केन्द्रका मन्त्रीहरूलाई एउटै कोठामा बस्न अप्ठ्यारो होला नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले भने, ‘देशलाई अप्ठ्यारो नहोस् भनेर हाम्रा मन्त्री एकै कोठामा बस्न गाह्रो छैन ।’

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनै पनि किसिमको कामरकुरा नगर्न खबरदारी गरेका छन् । आजको अन्नपूर्ण र नयाँ पत्रिकामा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);