देउवाको गृहजिल्लामा एमाले संगठित सदस्य पाँच हजार नाघेन, प्रचण्डको चितवनमा १५ हजारभन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देउवाको गृहजिल्लामा एमाले संगठित सदस्य पाँच हजार नाघेन, प्रचण्डको चितवनमा १५ हजारभन्दा बढी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पाँच हजार संगठित सदस्य पुर्‍याउन नसकेको नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा भने १५ हजारभन्दा बढीले सदस्य संख्या नघाएको छ ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा चार हजार ५४३ जनाले संगठित सदस्यतामा सीमित रहँदा एमालेले महाधिवेशन केन्द्रित गरेर नविकरण र नयाँ वितरण गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा भने १५ हजार ८११ ले संगठित सदस्यता वितरण गरेको छ ।

डडेल्धुरामा अध्यक्ष तारा जोशीलाई सोही पार्टीबाट विभाजित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गराएको दिन सार्वजनिक भएको संगठित सदस्य विवरणको संख्याले एमाले चितवनमाभन्दा डडेल्धुरामा कमजोर देखिएको छ । 

एमालेको आगामी १०–१२ मंसिरसम्म चल्ने १०औँ महाधिवेशन प्रचण्डको गृहजिल्ला चितवनमा आयोजना गर्न लागेको एमालेले काठमाडौं, काभ्रेपलाञ्चोक र सिन्धुलीपछि सबैभन्दा बढी सदस्यता वितरण चितवनमा गरेको तथ्यांकले देखाएको छ । 

यसैगरी, माओवादी केन्द्रका अर्का प्रभावशाली नेता तथा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा पनि १५ हजारभन्दा बढीले नविकरण र नयाँ सदस्यता प्राप्त गरेको एमालले जनाएको छ । एमालेका अनुसार सिन्धुपाल्चोकमा १५ हजार २५ जना संगठित सदस्य छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धनका राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा एमालेको संगठित सदस्यको संख्या ६ हजार १०४ मा सीमित भएको एमालेले माओवादी केन्द्रका अर्का प्रभावशाली नेता हरिबोल गजुरेलको गृहजिल्ला सिन्धुलीमा २० हजार २५७ लाई संगठित सदस्यता वितरण गरेको छ ।

एमालेका अनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा सात हजार ६४७ मा सीमित भएको एमालेले नेकपा (एस)का नेता तथा पर्यटनमन्त्री प्रेम आलेका गृहजिल्ला डोटीमा ६ हजार ५०० ले मात्र संगठित सदस्यता प्राप्त गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा ६ हजार मात्र संगठित सदस्यता प्राप्त गरेका छन् भने एमाले सुदूरपश्चिम प्रदेशका प्रमुख लेखराज भट्टको गृहजिल्ला कैलालीमा २२ हजार ६४३ जनाले एमाले संगठित सदस्यता प्राप्त गरेका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);