देउवा गृहजिल्ला डडेल्धुराबाट उठ्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई डडेल्धुराबाट उठाउने निर्णय गरेको छ । अघिल्ला निर्वाचनहरुमा अपराजित देउवालाई यो पटक वाम गठबन्धन बनेसँगै सकस देखिएको छ ।

गृहजिल्ला डडेल्धुराबाट उठ्न पक्का

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला डडेल्धुराबाट उठ्न पक्का भएको छ । यसअघिका निर्वाचनमा अपराजित देउवालाई यसपटक विगतको जस्तो सहज छैन ।

वाम गठबन्धन बनेसँगै देउवालाई यो पटकको निर्वाचन कठिन भएको हो । स्थानीय मतदाताले पनि डडेल्धुरामा देउवालाई सहज नभएको प्रतिक्रिया दिएका छन् ।

कांग्रेसलाई डडेल्धुरामा सकस
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा पनि कांग्रेसलाई डडेल्धुरामा सकस हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले ७ मध्ये ४ वटा स्थानीय तहमा जित हात पारेको थियो भने २ वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका थिए ।

५२ वटा वडा रहेको डडेल्धुरामा एमालेले १९ वडामा जित हात पार्दा कांग्रेसले १७ र माओवादी १६ वटामा विजयी भएका थिए । अहिले एमाले र माओवादीको चुनावी तालमेलपछि डडेल्धुरामा कांग्रेस कमजोर देखिएको कतिपय मतदाताको विश्लेषण छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा १ मात्र निर्वाचन क्षेत्र छ । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा देउवाले २३ हजार ९ सय २० मत ल्याएर विजयी भएका थिए ।

सधै अपराजित देउवाले यस पटकको निर्वाचनमा पनि विजयी यात्रालाई निरन्तरता दिन्छन् वा वाम गठबन्धले बाजी मार्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);