राजपाद्वारा ६२ उम्मेदवारको सूची सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजपाद्वारा ६२ उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं, १४ कात्तिक । राजपा नेपालसँग सिट बाँडफाँडमा सहमति जुटेसँगै संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिभा निर्वाचनतर्फ ६२ उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

को कहाँबाट उठ्दै ?
फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी–२ बाट चुनाव लड्ने भएका छन् । वरिष्ठ नेता अशोक राई सुनसरी–१ मा उम्मेदवार भएका छन् ।

संघीय समाजवादी फोरम नेपालद्वारा दोस्रो चरणको निर्वाचनका लागि ६२ उम्मेदवारको नाम सार्वजनिक, अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्ने, सुनसरी–१ मा अशोक राई

त्यस्तै मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा फारमले उम्मदेवार तोकेको छ । सप्तरी–१ मा सूर्यनारायण यादव, सिरहा–१ मा राजला यादव, २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव उम्मेदवार बन्ने भएका छन् ।

धनुषा–१ मा दिपक कार्की, २ उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ । त्यस्तै महोत्तरी–१ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही–३ मा अशोक सिंह कोइरी, रौतहट–२ मा किरण साह, बारा–२ मा रामसहायद यादव, ३ मा रामकिशोर यादवलाई उम्मेदवार बनाइएको छ ।

पर्सा–१ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको राजपाले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);