सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतकाे उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतकाे उम्मेदवारी

सप्तरी । सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)काे उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनाेनयन दर्ता भइरहेकाे छ ।  यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् ।   यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतकाे याे पहिलाे प्रतिस्पर्धा हुनेछ ।

राउत गठबन्धनबिना नै चुनाव लड्दैछन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);