सप्तरी २ मा सिके राउतको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सप्तरी २ मा सिके राउतको अग्रता कायमै

ck raut

सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । त्यस्तै सप्तरी २ क मा जनमत पार्टीका सतिस सिंह ३ हजार ८ सय मत प्राप्त गरी पहिलो स्थानमा छन् । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह १ हजार ८ सय ३२ मत प्राप्त गरि दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल १ हजार ३ सय ९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ३ हजार ४ सय ८३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले १ हजार १ सय ८० मत प्राप्त गरी दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);