मनाङमा पूर्वमन्त्री टेकबहादुर गुरुङले गरे मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

मनाङमा पूर्वमन्त्री टेकबहादुर गुरुङले गरे मनोनयन दर्ता

लमजुङ। मनाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनले कांग्रेस मनाङका नेता तथा कार्यकर्ताहरूसँगै गएर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा मनाङभरका कांग्रेसका नेता तथा कार्यकर्ताको भीड थियो । उनले मनोनयन दर्ता गर्दै आफूले जिल्लाका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जिल्लाको समग्र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रदेश सभा ‘क’ मा मुनेन्द्र गुरुङले पनि मनोनयन दर्ता गराएका छन् ।

Leave a Reply