शीर्ष नेतालाई गृह जिल्लामा खड्गो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

काठमाडौं । पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा भएको गठबन्धन छ । यही पाँच दलीय गठबन्धनका र्शीष नेताहरूले एमालेलाई ‘साइज’मा ल्याउन भन्दै निर्वाचनमा तालमेल गरिएको बताउँदै मतदातासँग मत मागिरहेका छन् ।

तर, तिनै शीर्ष नेताहरूलाई भने आफ्नै जिल्लामा निर्वाचन जिताउन ठूलो खड्गो छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन दुई कारणले असहज छ । पहिलो, गठबन्धन दलहरूबीच तालमेल छैन । एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । दोस्रो, जिल्लामा प्रभावशालीमध्येका निवर्तमान पार्टी सभापति कर्ण मल्ल

नेपाली कांग्रेस (विपी) ब्युँताएर निर्वाचन अभियानमा छन् । उनले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् ।  यी दुई कारणले देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन सहज छैन । यसकाे पुष्टि हुनेगरी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले शुक्रबार डडेल्धुरा पुगेर करुवा चिह्‍न लिएर निर्वाचन अभियानमा रहेका उम्मेदवारहरुलाई मतदान नगरन आग्रह नै गरेकी थिइन् । पार्टीका मेयर नभए बजेट नपठाउने भन्‍न पनि भ्याइन् ।

गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि गृहजिल्ला चितवनमा निर्वाचन जिताउन मुस्किल परेको छ । कारण, कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिनु । हुन त उनी कांग्रेसको कारबाहीपछि पार्टीबाट अलग छन् ।

तर, गठबन्धनको साझा उम्मेदवार रेणु दाहाललाई जाने मत काटिन सक्ने आँकलन छ । उनै पौडेलका कारण माओवादीले तालमेलको क्रममा पाएको एक मात्र महानगरपालिका भरतपुरमा पनि निर्वाचन जिताउन प्रचण्डलाई सहज छैन । जसपा अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा र एकीकृत समाजवादी गठबन्धनमा त छ । तर, माओवादी केन्द्रकी नमिता न्यौपाने र जसपाकै उमेश यादव बागी उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यादव प्रमुख र न्यौपाने उपप्रमुख पदकी उम्मेदवार थिए । यस पटक पनि सोही पदमा दुवै जना बागी भएर उम्मेदवार बनेका हुन्। बागीकै कारण यादवलाई गृह जिल्लामा गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती थपिएको छ ।

सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पनि गठबन्धन दलहरूबीच नै तालमेलमा समस्या भएपछि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन भनेर भट्टराई मत मागिरहेका छन् । उनले त गठबन्धन दलहरूबीच भएको तालमेलप्रति नै असन्तुष्टि पनि जनाउँदै आएका छन् ।  गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन सकेन ।

चन्द्रपुर नगरपालिकामा कांग्रेसबाट सरोज काफ्ले, एकीकृत समाजवादीबाट बाबुराम दाहाल, माओवादी केन्द्रबाट हरि पौडेल र एमालेबाट शिव आचार्य प्रमुख पदका उम्मेदवार छन् । अन्य स्थानीय तहमा पनि त्यस्तै छ । जसले गर्दा नेपाललाई गृहजिल्लामा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन सहज देखिएको छैन । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्लामा जनमोर्चा सांगठनिक रूपमा बलियो नै छ । तर, त्यहाँ पनि गठबन्धन दलहरूबीच तालमेल भएन । जसका कारण गठबन्धन दलहरू नै एक अर्काबीच ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै चुनावी मैदानमा छन् ।

यस्तो समस्या गठबन्धन दलहरूमा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गृहजिल्ला झापामा छ । उनकै गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन छ । गठबन्धनका कारण ओलीलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन मुस्किल छ ।

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो । पहिले जितेको कचनकबल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेबीच तालमेल छ । यसले गर्दा लिङ्देनलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);