महन्थ ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्री उम्मेदवार बनाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

काठमाडौं, १५ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष महन्थ ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा तेस्रो र चौँथो शक्तिका रुपमा उदायको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

अध्यक्ष मण्डलका संयोजकलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको र कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने चाहीँ टुंगो लाग्न बाँकी रहेको राजपाका एक नेताले बताएका छन्। संयोजक ठाकुरको पैत्रिक थलो महोत्तरी क्षेत्र नम्बर ३ को क र खमध्ये कुनै एक वा यसअघि चुनाव लड्दै आएको सर्लाहीको कुन क्षेत्रबाट लड्ने भन्नेबारे टुँगो लागिसकेको छैन।

बुधबारमात्रै राजपा र फोरमले प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरेका थिए। मिलेर चुनाव लडेपछि प्रदेश २ मा बहुमत ल्याउन सकिने संघीय फोरम र राजपाका नेताहरुले दाबी गर्दै आएका छन्।

ताजा समाचार