महन्थ ठाकुरलाई जिताउन कांग्रेस कार्यकर्तालाई ‘ह्वीप’ | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

महोत्तरी, १७ मंसिर । प्रतिनिधी र प्रदेशसभा निर्वाचन हुन चार दिन मात्रै बाँकी हुँदा नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अनिवार्य भोट हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ।

नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्र कुमार रायले विज्ञप्ति नै निकालेर आफ्ना कार्यकर्तालाई महोत्तरी क्षेत्र नं. ३ मा महन्थ ठाकुरलाई भोट हाल्न निर्देशन दिएका हुन्। महोत्तरी क्षेत्र नम्बर ३ मा ठाकुरसँग बाम गठबन्धनका साझा उम्मेदवार एमालेका बिजय कुमार चौधरी प्रतिस्पर्धामा छन्। महन्थ ठाकुरलाई राजपाले दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।

महोत्तरी ३ मा राजपा कांग्रेससँग मिलेर चुनाव लडेको छ। तर, असन्तुष्ट कांग्रेस कार्यकर्ताले भोट नहाल्ने संकेत पाएपछि जिल्ला पार्टी विज्ञप्ति निकाल्न वाध्य भएको बताइन्छ।