कांग्रेसले हार स्वीकार गरिसकेको छः नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

काठमाडौँ, १७ मंसिर। एमाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा चुनावमा हार स्वीकार गरिसकेको दाबी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले कांग्रेसका नेताहरुले अभिव्यक्तिमार्फत आफ्नो हार स्वीकारी सकेको बताए । नेपाली कांगे्रसले हरेक भाषणमा कम्युनिष्ट आए जनताले रुनसम्म नपाउने भन्नु नै वामले जित्छ र हामी हार्छौँ भन्नु बराबर रहेको नेता नेपालले दाबी गरेका छन्।

एमाले र माओवादीले गरेको वाम गठबन्धनका कारण कांग्रेसमा भुइचाँलो गएको समेत नेता नेपालले थपेका थिए।

पछिल्ला निर्वाचनका आधारमा वामपन्थी मत ६५ प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै नेता नेपालले ती मतहरु प्हिलोपटक एकीकृत भएकाले आगामी निर्वाचनमा सहजै बहुमत आउने दाबी गरे ।

ताजा समाचार