क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी देशद्रोहीः ओली | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

विराटनगर, १७ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई इंगीत गर्दै जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाएका छन्।

विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले राष्ट्रमा सुशासन कायम राख्न, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनलाई दुईतिहाँई मत दिएर विजयी बनाउन आग्रह गरे ।

अध्यक्ष ओलीले पिछडिएका वर्गका अधिकार सुनिश्चित गर्न वाम गठबन्धनको बिजयी हुन आवश्यक रहेको धारणा समेत व्यक्त गरे।

अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै , पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत् ऊर्जाको विकास गर्ने विश्वास व्यक्त गरे ।

ताजा समाचार