भक्तपुर २ : ढुंगाना र बस्नेतको आ-आफनै दाबी, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुर, १७ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेवार दमननाथ ढुंगाना र बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले आ–आफ्नै जित हुने दावी गरेका छन् ।

काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका पूर्व सभामुख ढुंगाना र एमालेका तर्फबाट उम्मेदवारी दिएका पूर्व मन्त्री बस्नेतले भक्तपुरको समग्र विकासका लागि आफूले जित्नैपर्ने तर्क समेत गरे । पूर्व सभामुख ढुंगानाले भक्तपुरमा स्थानीय नभई नेता केन्द्र्रिय नेता चाहिएकाले आफूले उम्मेदवारी दिएको दावी गरे । उनले बाम गठबन्धन आफ्नो लागि चुनौति नभएको पनि बताए । ढुंगानाले बाम दलहरुबीच एकता हुने भनिएपनि त्यो सम्भव हुने नदेखिएको टिप्पणी पनि गरे ।

यता, बाम गठबन्धनका उम्मेदवार बस्नेतले जनताको सुखदुखको साथी आफू र आफ्नो पार्टी भएकाले जीत सुनिश्चित रहेको दावी गरे । उनले काँग्रेस र नेपाल मजदुर किसान पार्टीले भूकम्पको बेला समेत जनताको आवश्यकता पूरा गर्न चासो नदिएको आरोप पनि लगाए ।

बस्नेतले स्थानीय विकास निर्माणको कामलाई आफूले मुख्य प्राथमिकता दिएकाले पनि जनताले आफूलाई मत दिने विश्वास पनि व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);