निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुन्छ : ढुंगाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुन्छ : ढुंगाना

काठमाडौं, २८ कात्तिक । पूर्वसभामुख दमननाथ ढुंगानाले निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुने चेतावनी दिएका छन्।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च भईरहेका बेला पूर्व सभामुख ढुंगानाले यस्तो परिपाटी तत्काल बन्द नभए लोकतन्त्र खतरामा पर्ने र मुलुककै भविष्यमाथि गम्भिर आघात पर्ने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका उनले एउटा गरिव तर योग्य नागरिकले जनताको विश्वास लिनै नपाउने गरी निर्वाचन खर्च हुने गरेको भन्दै चिन्ता व्यक्त गरे ।

बुधबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख ढुंगानाले निर्वाचनमा हुने अधिक खर्चलाई लोकतन्त्रको विषको संज्ञा दिँदै नियन्त्रणका लागि पहल गरिदिन संचारकर्मीहरुसँग आग्रह गरे ।

पूर्व सभामुख ढुगानाले नेपाल मजदुर किसान पार्टीलाई आफूसहित नेपाली काँग्रेसका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा विजयी गराउन आह्वान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);