दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छान्दै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छान्दै कांग्रेस

काठमाडौँ, ८ कात्तिक । पहिलो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लागेपछि कांग्रेस दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार छान्न छलफलमा जुटेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकले कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा छलफल गरेको छ ।

जिल्लाबाट सिफारिस भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएकाे कांग्रेस स्रोतले बतायो । बैठकमा चुनावमा तालमेल हुने दलसँग आवश्यक परामर्श गरी उम्मेदवारको टुंगो लगाइने निर्णय भएको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि यही कात्तिक ५ गते दलहरुले मनोनयन दर्ता गरिसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);