राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–२ बाट चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ बाट चुनाव लड्ने भएका छन् ।

यसैगरी पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने भएका छन् ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले  राप्रपालाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि  उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले बताए ।

प्रदेश सभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ । उक्त पार्टीले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);