पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट मिनेन्द्र रिजाल लड्ने ! | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

काठमाडौँ, २६ असोज ।  स्व पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आजीवन चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल चुनाव लड्ने भएका छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर दुईमा पर्ने विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको क्षेत्र हो। कोइरालाले २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी– ५ बाट चुनाव लडेका थिए । ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए।

यसपालि सो क्षेत्रबाट गिरिजा पुत्री सुजाता कोइराला चुनाव लड्ने चर्चा थियो। रिजाल प्रतिनिधि सभा सदस्यका लागि मोरङ २ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्। यसबारे उम्मेदवार छनौट गर्ने पार्टीको संसदीय समितिले भने अन्तिम टुँगो लगाउन बाँकी छ।

ताजा समाचार