कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगियो, ईश्वर पोखरेलको प्रतिस्पर्धीमा प्रकाशशरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडाैं । नेपाली कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुरा, नेता रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री डा. शशांक कोइराला नवलपुर १, विजयकुमार गच्छदार सुनसरी ३ बाट निर्वाचन लड्ने भएका छन् । कांग्रेसले टुंग्याएका उम्मेदवारमध्ये गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की समानुपातिकबाट सांसद भएपछि यसपटक प्रत्यक्षमा निर्वाचन लड्न लागेका हुन् ।

यसअघि नरहरि आचार्यले जित्दै आएको काठमाडौं ५ मा कांग्रेसले डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आचार्य स्वास्थ्यका कारण निर्वाचन लड्न तयार नभएपछि कांग्रेसले महतलाई उम्मेदवार बनाएको हो। वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल सो क्षेत्रबाट निर्वाचन लड्दै छन् । आजको नयाँ पत्रिकामा खबर छ।

– शेरबहादुर देउवा डडेल्धुरा
– रामचन्द्र पौडेल तनहुँ १
– डा. शशांक कोइराला नवलपुर १
– प्रकाशमान सिंह काठमाडौं १
– गोपालमान श्रेष्ठ स्याङ्जा २
– विमलेन्द्र निधि धनुषा ३
– विजयकुमार गच्छदार सुनसरी ३
– डा. शेखर कोइराला मोरङ ६
– पूर्णबहादुर खड्का सुर्खेत १
– महेश आचार्य मोरङ ४
– गगन थापा काठमाडौं ४
– ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४
– नवीन्द्रराज जोशी काठमाडौं ८
– डा. नारायण खड्का उदयपुर २
– डा. मीनेन्द्र रिजाल मोरङ २
– डा. प्रकाशशरण महत काठमाडौं ५
– फरमुल्लाह मन्सुर बारा ३
– एनपी साउद कञ्चनपुर २
– रमेश रिजाल पर्सा ४
– अर्जुनप्रसाद जोशी पर्वत
– रमेश लेखक कञ्चनपुर ३
– नारायण कार्की उदयपुर २

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);