काठमाडौँ ५ मा एमालेका ईश्वर र कांग्रेसका प्रकाशशरण भिड्ने, कसको होला पल्ला भारी ? | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

काठमाडौँ ५ मा एमालेका ईश्वर र कांग्रेसका प्रकाशशरण भिड्ने, कसको होला पल्ला भारी ?

काठमाडौं, ६ कार्तिक। आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ मा वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलविरुद्ध कांग्रेसले पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतलाई उठाउने भएको छ।

सो क्षेत्रमा यसअघि कांग्रेसका प्रभावशाली नेता नरहरि आचार्य चुनाव लड्दै आएका थिए। यसपालि भने नेपाली कांग्रेस काठमाडौंले आचार्य अस्वस्थताका कारण बेड रेष्टमा रहेको भन्दै प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छैन।

यसै विषयमा आचार्यले पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो क्षेत्रमा अरु साथीहरु उठ्ने भए आँफूले सहयोग बचन दिइसकेका छन्। कांग्रेस शीर्ष नेताहरुले नुवाकोटमा महतका दाइ रामशरण र अर्का नेता अर्जुननरसिंह केसी चुनाव लड्ने भएकाले प्रकाशशरणलाई काठमाडौं-५ मा चुनाव लड्न प्रस्ताव गरेका थिए। शीर्ष नेताको सो प्रस्तावमा महत राजी भइसकेका छन्।

ताजा समाचार