काठमाण्डौ ५ को मतगणना फेरी रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना बहिस्कार गरेको छ र दुई केन्द्रको पूर्ण मत गणना गर्न माग गरेको छ ।

कांग्रेसले नारायणस्थन सत्तल (क) र विष्णुपादुकका मन्दिर (क) मा मत बढी भेटिएको बताएको छ भने गुठीघर सत्तल (क), युनिर्भसल (ख), सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको बताइएको छ ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आफूहरुले मतपत्र हेर्न पाउनुपर्ने माग लाई वेवास्ता गरेकोले बहिस्कार गरिएको पनि बताइएको छ । उनले अब निर्वाचन आयोगमा उजुरी दिने समेत भएका छन् ।

काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);