पूर्वराष्ट्रपतिलाई किन चाहियो अर्को गाडी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूर्वराष्ट्रपतिलाई किन चाहियो अर्को गाडी ?

rambaran yadhab

काठमाडौं,३ फागुन । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।

अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । गृह मन्त्रालय सवारी शाखाका उपसचिव यदुनाथ पौडेलले सरकारले पूर्वराष्ट्रपतिलाई थप अर्को एक गाडी दिने निर्णय गरेकाले उनका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

पूर्वराष्ट्रपतिका अतिथि र पाहुना आउँदा कतिपय अवस्थामा ल्याउन र पुर्याउन जानुपर्ने अवस्था भएकाले अर्को गाडी आवश्यक परेको यादवका निजी सचिव किरण पन्थीले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);