ओली आज प्रधानमन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ओली आज प्रधानमन्त्री बन्दै

oli dahal

काठमाडौं,३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्री नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवदी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

एमाले र माओवादीबीच पाटर्थी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने सहमति भएको छ । उक्त सहमतिअनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ। खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);