दुर्घटनामा समेत बार्गेनिङ : जिल्ला अदालत काभ्रेका नायब सुब्बा घुस लिँदै गर्दा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

काठमाण्डौँ, २३ असोज । जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खत्रीलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो । बोलेरोसँग टिपर ठोकिँदा भएको दुर्घटनालाई मिलाउने क्रममा उनले घुस लिएका हुन् ।

अख्तियारका सहायक प्रवक्ता एवम् सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार बोलेरोलाई ठक्कर दिने टिपरका चालकसँग बार्गेनिङ गरी घुस लिने क्रममा नायब सुब्बा खत्री पक्राउ परेका हुन् ।