नेकपाको सचिवालय बैठक आज ३ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको सचिवालय बैठक आज ३ बजे बस्दै

nekapa-sachibalaya

काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने बताइएको छ ।

तल्लो तहका कमिटीको एकतासँगै स्थायी समिति बैठकको एजेन्डाका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । यस्तै केन्द्रीय सदस्यको कार्र्यविभाजन र पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बने पनि कार्यविभाजन नहुँदा नेताहरु जिम्मेवारी विहीन हुँदै आएका छन् । जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्यहरुले पटक–पटक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);