नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी

nekapa

काठमाडौं, २३ साउन । पार्टीको तल्लो तहका कमिटीहरुको एकिकरणको कार्यविधि तय गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारीे बैठकमा पार्टीको तल्लो तह एकीकरणको विषयमा छलफल भैरहेको छ । केन्द्रीय तहमा पार्टी एकता भए प्रदेश, जिल्ला लगायत भातृ संस्थाहरुमा अझै पनि एकता हुन सकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठमा एकता भएपछि नेकपा बनेको हो । तर अहिलेसम्म पनि पार्टीको जनवर्गिय संगठन, जिल्लाका पार्टी एकता हुन सकेको छैन ।

यस्तै नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने निर्णय कार्यान्वयनका विषयमा पनि छलफल भैरहेको छ । यस्तै पछिल्लो समय सरकार सञ्चालनका क्रममा देखिएका विभिन्न खाले परिस्थितिका बारेमा पनि छलफल भैरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);