नेकपा एकता, शीर्ष नेता आन्तरिक गृहकार्यमा, आज सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपा एकता, शीर्ष नेता आन्तरिक गृहकार्यमा, आज सचिवालय बैठक बस्दै

oli prachanada

काठमाडौं, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । एकतासम्बन्धी बाँकी काम टुंगो लगाउँदै देशैभरि जागरण अभियान सञ्चालन गर्ने तयारीमा पार्टी रहेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेता एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका छन् ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन शीर्ष नेताहरू गृहकार्यमा जुटेको बताए । आज (आइतबार) पार्टीको सचिवालय बैठक बोलाएको बताउँदै उनले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने बताए ।

‘हामीले धेरै काम टुंगो लगाइसक्यौं, यद्यपि अझै केही काम बाँकी नै छ,’ सचिवालय सदस्य श्रेष्ठले भने, ‘एकतासम्बन्धीका बाँकी काम टुंगो लगाउन बैठक डाकिएको छ, बैठकमा एकता टुंगो लगाउनमै केन्द्रित हुन्छ ।’

पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन बाँकी छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ । याे समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);