एकताका बाँकी काम अविलम्व सक्ने नेकपाको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकताका बाँकी काम अविलम्व सक्ने नेकपाको तयारी

काठमाडौं, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सक्रियता वढाएको छ । पार्टी एकताका केहि काम अझै वाँकी भएको तथा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचारका लागी गएको समयमा अर्का अध्यक्षले पार्टी एकताका बाँकी काम सकाउने गरि सक्रियता बढाउनु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहालले निर्देशिका जारी गर्दै नेकपा पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने गृहकार्यमा लागेको नेकपाका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

जनवर्गीय संगठनको गठन, केन्द्रिय समिति सदस्य संख्या अपर्याप्त भयो भन्ने लगायतका विषयमा पनि टुङगो लागीसकेको छैन । यद्यपी अध्यक्ष दाहालले गृहकार्यलाई महत्वका साथ अगाडी बढाउनु भएको छ ।

अपेक्षा गरेभन्दा बढी नै समय लिएर सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको तथा अन्तिम चरणमा आइपुगेकाले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्ने तर्फ जोड दिइएको नेकपाका अर्का नेता अग्नि सापकोटाले बताउनुभयो ।

पार्टी एक भएको घोषणापछि एकीकरण प्रक्रिया तीन महिनामै टुंगो लगाउने बताएको नेकपाले तीन महिनामा पार्टी एकताको काम हुन नसक्नुको कारण पार्टी भित्र किचलो समेत हुँदै आएको छ ।

पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको नेपाल कम्युनिष्ट पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन समेत गर्ने भएको छ । २०७६ जेठ २ देखि भदौ ९ गतेसम्म भएका पार्टी सचिवालय बैठकका निर्णयका आधारमा सात बुँदे अन्तरपार्टी निर्देशन जारी गर्दै नेकपाले राष्ट्रिय अभियान चलाउने घोषणा गरेको हो । राष्ट्रिय अभियानमा प्रभावकारी ढंगले लाग्न पनि नेकपाले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);