कांग्रेसका भातृ संगठनहरु लथालिङ्ग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कांग्रेसका भातृ संगठनहरु लथालिङ्ग

congress

काठमाडौं, १४ भदौ । देशकै पुरानो पार्टी नेपाली कांग्रेसका भातृ संगठनहरु हाल लथालिङ्ग भएका छन् । कांग्रेसको सवैभन्दा प्रभाबकारी मानीने भातृ संगठन नेपाल बिद्यार्थी संघ करिव ६ महिनादेखि नेतृत्वबिहीन बनेको छ भने तरुणदल लगायतले पुर्णता पाउन सकेका छैनन् ।

पार्टीलाई चलायमान गराउने भातृ संगठनहरुलाई नेपाली कांग्रेसको नेतृत्वले उपेिक्षत गरेका कारण कांग्रेस कमजोर बन्न पुगेको कांग्रेसकै नेताहरुको बुझाइ छ ।

माघ मसान्त वा फागुनको पहिलो सातासम्म नयाँ नेतृत्व पाउने भनिएको नेबिसंघ भदौ महिनाको दोश्रो साता पुग्दा पनि नेतृत्व बिहिन नै बनेको छ ।

कार्यकाल सकिएर गत माघ २८ गते अध्यक्ष नयन सिंह महरले राजीनामा दिएसँगै नेतृत्व बिहिन बनेको हो । त्यसपछी पार्टीको तदर्थ समिति गठन गर्ने जिम्मा सभापति शेरबहादुर देउवामा आएको थियो ।

पार्टीको केन्द्रीय समितिले करिव ५ महिना अघि सभापति देउवालाई तदर्थ समिति गठन गर्ने जिम्मा लगाएको थियो । अन्य नेताहरुसँग समर्थन जुटाउन नसक्दा चैत महिनामा सह महामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति गठन गरी नेबिसंघको तदर्थ समिति गठनको तयारी गरिएको थियो ।

तर उक्त समितिले पनि कुनै प्रगति गर्न सकेन । यस्तो अवस्था आउनुमा शीर्ष नेताहरुले आफ्नो इच्छाका व्यक्तिहरु ल्याउने होडबाजीमा लिप्त हुनु नै भएको पौडेल पक्षका नेता नबिन्द्र राज जोशीको बुझाइ छ ।

तर देउवा पक्षका नेताहरु आफु अनुकुलताका भन्दा पनि सवैलाई समेट्न सक्ने नेतृत्व ल्याउन लागेको दावी गर्छन् । आगामी भदौ २५ गते नेपाली कांग्रेसको दोश्रो चरणको जागरण अभियान रहेको र त्यसअघि नेबिसंघले नेतृत्व पाउने पार्टीका केन्द्रीय नेता एन पि साउदको दाबी छ ।

हाल कांग्रेसको केन्द्रीय सदस्यमा दुइ तिहाइ जति नेबिसंघबाट आएका नेताहरु छन् । सवैभन्दा पुरानो संगठन नेविसंघबाट आएका नेताहरु हाल नेपालको राजनीतिमा स्थापित भएका छन् ।

तर उनीहरुको प्राथमिकतामा नेबिसंघ पर्न सकेको देखिदैंन । यसो हुनु भनेको नेपाली कांग्रेसलाई कमजोर बनाउनु भएको पूर्वमन्त्री होमनाथ दाहालको बिश्लेषण छ ।

नेपाल विद्यार्थी संघ मात्र होइन अन्य भातृ संगठनहरुको अवस्था पनि यस्तै छ । कांग्रेस भित्रको सशक्त मानिने तरुण दलले पनि पूर्णता पाउन सकेको छैन । किसान संघ, दलित संघ, तामाङ संघ लगायतका भातृ संगठनहरुको समयावधी सकिएपछि अहिले विघटनको अवस्थामा छन् ।

जारी केन्द्रीय समिति बैठकको ऐजेण्डामा नेपाल बिद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पुर्णता दिने लगायत बिभिन्न भातृ संगठनको बारेमा छलफल भए पनि निश्कर्षमा पुग्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);