पदाधिकारी पर्खंदै नयाँ गाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पदाधिकारी पर्खंदै नयाँ गाडी

sarkari gadi

काठमाडौँ, १५ भदौ । चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अत्तोपत्तो छैन तर उनीहरूका लागि भनेर किनिएका आठवटा गाडी डेढ महिनादेखि थन्किएका छन् । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिसरमा थन्क्याइएका ती गाडी नबिग्रियोस् भनेर दुईजना चालकले हरेक बिहान स्टार्टसम्म गर्ने गरेका छन् ।

कर्मचारीका लागि १५ सिटे माइक्रोबस पनि किनिएको छ तर त्यहाँ खटाइएका चालकसँग कार मात्र चलाउन सक्ने अनुभव भएकाले माइक्रोबस चलाउन आँट नगर्दा राष्ट्रिय परीक्षा बोर्डले आफ्ना कर्मचारीलाई ओसार्ने गरेको बसबाट नै आयोगका कर्मचारी पनि यात्रा गर्ने गरेका छन् ।आयोगका सदस्यसचिव चन्द्रकान्त भुसालले भन्नुभयो, “पदाधिकारीहरू आउनासाथै गाडी चाहिन्छ भनेर पहिले नै किनेर व्यवस्थापन गरेका हौँ । गाडी प्रयोगमा आउन नसक्दा बिग्रनसक्ने भएकाले हरेक दिन एकछिन स्टार्ट गर्ने गरेका छौँ ।”

गत आर्थिक वर्षबाट करारमा दुई जना चालक राखिएको छ । एक जनाले सदस्य सचिवको गाडी चलाउँछन् भने अर्का चालकलाई थन्क्याइएका ती गाडी दैनिक स्टार्ट गरेर बन्द गर्ने जिम्मेवारी दिइएको छ ।याे समाचार गाेरखापत्र दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);