दुई महिनादेखि नेविसंघ नेतृत्व विहीन, नयाँ नेतृत्व आउने विषय अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दुई महिनादेखि नेविसंघ नेतृत्व विहीन, नयाँ नेतृत्व आउने विषय अनिश्चित

nabisang

फूलमाया आले
काठमाडौं, १९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्व विहीन बनेको दुई महिना वितेको छ । अविछिन्न उत्तराधिकारी रहने नेविसंघ दुई महिना नेतृत्वविहीन हुँदा कांग्रेसका नेताहरु आफ्नो गुटको बर्चश्वका बनाउन लागिरहेका छन् भने नेविसंघमा पनि त्यही अवस्था छ ।

तदर्थ समितिको संयोजक तथा पदाधिकारी बन्न नेविसंघ नेताहरु आआफ्नो गुटबाट दाबेदारी पेश गरिरहेका छन् । आफुनो पक्षको नेतृत्वको निरन्तरताका दवाव दिएका सभापति शेरबहादुर देउवाले उही दिन राजीनामा स्वीकृत गरेका थिए ।

आफू अनुकुल निर्णयका लागि वातावरण नभएकै कारण सभापति देउवा ढिला गरेर अन्य गुटलाई गलाउने रणनीतिमा देखिएका छन् । देउवाको रणनीतिलाई संस्थापन इत्तरले गलत चाल भनिरहेको छ । तर, देउवा पक्षका नेविसंघ नेताहरु सभापतिको व्यस्तता भन्दै ढिलाईको पनि बचाउ गरिरहेका छन् ।

नेविसंघको नेतृत्व रिक्ततामा पार्टीको आन्तरिक व्यवस्थापन नै मुख्य समस्या भएको कुरा छिपेको छैन । पौडेल–सिटौला गुटका नेताहरु सभापतिले आफ्नो बर्चस्व बचाउनकै लागि नेविसंघ महाधिवेशन नगराएको भन्दै अहिले पनि त्यही स्वार्थ पुरा गर्न नेतृत्व बनाएको अरोप लगाउँछन् ।

उनीहरु त सभापति देउवाले नेविसंघ विधान विपरित देउवाले ३२ वर्ष नाघेका व्यक्ति ल्याउन विधानका पक्षधर गलाउने रणनीति लिएको भन्दै त्यस्तो अवस्था अस्वीकार गर्ने धम्कि दिइरहेका छन् । उनीहरु त ३२ माथिको नेतृत्व ल्याए समानान्तर कमिटि बनाएर जाने चेतावनी दिइरहेका छन् ।

प्रतिपक्षी दलको सडकको उपस्थिति सधै विद्यार्थी संगठनबाट प्रतिविम्बित हुने गर्छ । अहिले प्रतिपक्षमा रहेका नेपाली कांग्रेसमा नेविसंघ नै नेतृत्व विहिन हुँदा सरकारका विरुद्धका उसका आवाजसमेत विज्ञप्तिमा सिमित हुँदा नागरिकसम्म पु¥याउने माध्यम बन्द भएको विद्यार्थी नेताहरुकै बुझाई छ ।

उनीहरु स्कुल र कलेजमा विद्यार्थीको भर्ना प्रक्रिया सुरु हुँदा मनोमानी पनि सुरु भएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न पनि नेविसंघ नेतृत्व आवश्यक भएको बताउँछन् ।

२०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको महर नेतृत्वको कार्यसमिति दुई पटकगरि ५ महिना पदावधि थप्दासमेत महाविधेशन गर्न नसकेपछि अध्यक्ष महरले राजिनामा दिन बाध्य भएका थिए ।

त्यसएता नेतृत्वविहिन बनेको नेविसंघ नेतृत्व विहिन अवस्थामा नै छ । यसले कांग्रेसको विवाद मात्र छताछुल्ल पारेको छैन प्रमुख प्रतिपक्षको उपस्थितिलाई समेत कमजोर पारिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);