४९औं स्थापना दिवस मनाउँदा नेविसंघ नेतृत्व विहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

४९औं स्थापना दिवस मनाउँदा नेविसंघ नेतृत्व विहिन

nabisang

काठमाडौं, ६ बैशाख । २०२७ सालमा नेपालको शिक्षा कस्तो हुनुपर्ने अनि विद्यार्थीहरुको राजनीतिमा के भूमिका हुने जस्ताविषयमा निर्णायक भूमिका खेल्ने योजनासहित स्थापना भएको नेपालविद्यार्थी संघले ४९ वर्ष पुरा गरेको छ । स्थापनाका समयमा शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै सुधारको नेतृत्व गर्ने उद्धेश्य बोकेको नेविसंघ ४९औं स्थापना दिवस मनाउँदा आफै नेतृत्व विहिन छ ।

नेपालको शिक्षा नीतिमा सुधार तथा विद्यार्थी राजनीति मार्फत समग्र शिक्षा क्षेत्रमा आमूल परिवर्तनको नारा दिएर स्थापित भएको नेविसंघले आफ्नो ५० औं स्थापना दिवस मनाएको छ । शिक्षाक्षेत्रको नेता संगठन बनाउने भनेर स्थापना भएको अनि त्यही अनुरुप दावी समेत गर्दै आएको नेविसंघ ५०औं स्थापना दिनव मनाउँदा भने आफै नेतृत्वविहिन बनेको छ ।

नेविसंघले नेतृत्व अभावमा ‘पार्टी केन्द्रीय समितिको निर्देशनमा’ भनेर व्यानरमै लेख्दै काठमाडौं जिल्ला समितिको आयोजनामा स्थापना दिनव मनाएको छ । स्थापना दिवस पनि सभापति देउवाकै उपस्थितिमा देउवा पक्षले जिल्ला समितिको आयोजनामा मनायो भने सिटौला पक्षले छट्टै मनायो ।

अनि वरिष्ठ नेता रामचन्द्र पौंडेल पक्ष निस्कृय बनेको छ । झन पार्टी सहमहामन्त्रीले नेविसंघका पूर्वमहामन्त्रीका विषयमा गरेको टिप्पणीले त नेविसंघभित्र कांग्रेसको गुटबन्दीलाई उदाङ्गो बनाइदिएको छ ।

नेविसंघका विषयमा सहमहामन्त्री महतले यस्तो टिप्पणी गर्दा देउवा समुहकै नेविसंघ नेता ऋषिकेशजंग शाहले भने नेविसंघमा अनावश्यक हस्तक्षेप नगर्न कांग्रेस नेतालाई आग्रह गरेका थिए । उनले नेविसंघलाई स्वतन्त्र चल्न दिन अग्रह गर्दै पार्टी नेताकै हस्तक्षेप र गुटबन्दिका कारण नेविसंघ कमजोर भएको बताएका थिए ।

सभापति देउवाले भने नेविसंघले चाँडै नेतृत्व पाउने आश्वासन दिँदै नेविसंघलाई सशक्त बनाउन सुझाव दिएका छन् । उनले सरकारका गतिविधि अधिनायक हुँदै जाँदा फेरी लोकतन्त्रमा प्रश्न उठ्नसक्ने भन्दै नेविसंघले अहम भूमिका निर्वाह गर्ने दिन फेरी आएको बताएका छन् ।

कुनैबेला निर्दलीय पञ्चायतविरुद्ध धावा बोलेर झुकाउन बाध्यपार्ने नेविसंघ अहिले आफै नेताहरुको स्वार्थमा चल्नेहरुको समुहमा सिमित भएको छ । विद्यार्थी आन्दोलनको नेता संगठन बनाउने घोषणा त कायम राखेको छ तर, आफू नेतृत्वविहिन बनेको छ ।

अनि शैक्षिक बहसमा समेत नेतृत्व लिन सकेको छैन । शिक्षा क्षेत्र बाहुवलको अभ्यास गर्ने थलो होइन यो त बौदिक अभ्यासको थलो हो भन्ने नारा बोक्ने नेविसंघ अहिले आफै भित्र बाहुबलको प्रयोग गर्ने संगठन बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);