नेपाल पत्रकार महासंघले ६४ औँ स्थापना दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

नेपाल पत्रकार महासंघले ६४ औँ स्थापना दिवस मनाईयो

sthapana diwash

फूलमाया आले

काठमाडौं, १६ चैत । विक्रम संवत २०१२ साल चैत १६ गते स्थापना भएको नेपाल पत्रकार महासंघले ६४ औँ स्थापना दिवस मनाएको छ । नेपालमा पछिल्लो समय डिजिटल मिडियाको संख्या दिनप्रतिदिन बढ्दै गएपनि व्यवसायिक पत्रकारिताको विकास हुन सकेको छैन । साथै श्रम जीवि पत्रकारहरुको हक हितमा काम गर्ने उदेश्यका साथ स्थापना भएको पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघमा पनि राजनीतिकरणले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुन सकेको छैन ।

विक्रम संवत २०१२ साल चैत १६ गते स्थापना भएको नेपाल पत्रकार महासंघले शनिवार ६४ औँ स्थापना दिवस मनाएको छ । यो दिवसका अवसरमा महासंघका देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका शाखाहरुले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । १९५५ मा प्रकाशित सुधा सागर बाट शुरु भएको नेपालको पत्रिकाको ईतिहास त्यस यता धेरै पत्रपत्रिका, टेलिभिजन, रेडियो प्रशारण तथा संचालित छन् । पछिल्लो समय हजारौ संख्यामा पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता डिजिटल सञ्चार माध्यमहरु पनि क्रियाशिल छन् । तर सञ्चार माध्यमहरुको संख्या बढे पनि पत्रकारिताको व्यवसायिक गुणस्तरमा भने बृद्धि हुन नसकेको नेपाल प्रत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट बताउँछन् ।

हुनत २०४७ सालपछि दिनप्रतिदिन इलेक्ट्रोनिक मिडियाको संख्या सयौंको संख्यामा छ् । तर, ती संचार माध्यमहरु राजनीतिक दलको छायाबाट टाढा रहन सकेका छैनन । संचारमाध्यामहरु राजनीतिक दलहरुको संरक्षणमा रहेका कारणले पनि नेपाली पत्रकारिता क्षेत्रले प्रगति गर्न नसकेको कतिपय पत्रकारहरुको भनाई छ । तर, प्रत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य भने प्रत्रकार स्वतन्त्र भएर काम गरिरहेको र नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्न लागि परेको बताउँछन् ।

पछिल्लो समयमा नेपाली संचार माध्यमहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्थाका कारण पनि नेपाली पत्रकारिताको लागि चुनौतीको बिषय बनेको छ ।