बार एशोसियसनको चुनावमा सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठ बीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बार एशोसियसनको चुनावमा सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठ बीच प्रतिस्पर्धा

bar

प्रतिक्षा शर्मा

काठमाडौं, १६ चैत । नेपाल बार एशोसियसनको चुनावमा अहिले सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठ समुह बीच मुख्य प्रतिस्पर्धा छ । दुई समुहले बारलाई राजनैतिक हस्तक्षेप बाट टाढा राख्दै व्यवसायिक, प्राज्ञीक रुपमा विकास गर्ने मुख्य लक्ष्य लिएका छन् । तर, उमदेवारहरुले यस्ता नारा चुनावका वेला मात्र नभई जितीसकेपछि पनि व्यवहारमै कार्यन्वयन गर्नूपर्ने बताएका छन् ।

पछिल्लो समयमा पद र पैशाका लागि कानुन व्यवसायी वद्नाम हुँदै गएका छन् । यता न्यायालयमा क्षेत्रमा पनि रहेका जिम्मेवार र प्रतिष्ठित व्यक्तिको सम्मान ढंगले बहिर्गमन हुन सकेको छैन । यसको प्रमुख कारण न्यायपालिका माथि कार्यपालिकाको हस्तक्षेप प्रमुख कारण भएको अधिवक्ताहरु बताएका छन् । उनीहरुले बारको अगामी नेतृत्वले यस्ता विकृती बाट न्यायालय क्षेत्रलाई अलग राख्न पहल गर्नूपर्ने बताएका छन् ।

देश अहिले संघिय संरचनामा गईसकेको छ । यस्तो अवस्थामा कानुन व्यवसायीहरुको महत्वपूर्ण भुमिका हुन्छ । अझ, महँगो बन्दै गएको नेपालको न्याय क्षेत्रलाई सर्वसाधरणको पहुँचमा पु¥याउनुपर्ने अर्काै चुनौती रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);