राष्ट्रपतिद्वारा पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

राष्ट्रपतिद्वारा पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ समितिबाबाट अनुमोदन भएकाहरुलाई राष्ट्रपति भण्डारीले शुक्रवार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् ।

न्यायाधीश नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मा रहेका छन् । त्यसैगरी राष्ट्रपति भण्डारीले दिनेश कुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रवारै थपेलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् । २०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन्।