समिम मियाँ अन्सारीसहित पाँच आयोगका अध्यक्ष नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

समिम मियाँ अन्सारीसहित पाँच आयोगका अध्यक्ष नियुक्त

काठमाडौं, ७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहित पाँच जनालाई बिभिन्न आयोगको अध्यक्षमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डाक्टर शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष समिम मियाँ अन्सारीलाई एकसाथ नियुक्त गरेकी छन् ।

राष्ट्रपतिको समुपस्थितिमा शीतलनिवासमा आजै आयोगका अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको सपथ गराएका छन् । संबैधानिक परिषदले माघ ६ गते सिफारिस गरेका पाँच मध्ये मुस्लिम आयोगका समिम मिया अनसारीको नागरिकता, शैक्षिक प्रमाणपत्र तथा राजनीतिक संलग्नाताका कारण संबैधानिक प्रश्न उठेको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);