एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

kp oli

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त गरेकी हुन । नेकपा एमाले र माओवादी केन्द्रले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्न एमाले अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ राष्ट्रपति भवन पुगेका थिए । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई आजै सपथग्रहण गराउने तयारी गरेकी छन । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सपथग्रहणका लागि राष्ट्रपति भण्डारीको पाथीभरा महोत्वसमा जाने कार्यक्रम स्थगन गरिएको जानकारी दिइन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);